प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, काठमाडौं महानगरपालिकाका मेयर बालेन तथा हामी नेपालका संयोजक सुदन गुरुङविरुद्धको जाहेरी तामेलीमा राखेको छ। प्रमाण नपुगेको भन्दै जाहेरी तामेलीमा राखिएको हो।
ओली र लेखकविरुद्ध सहिद परिवारले जाहेरी दिएका थिए। आन्दोलनमा उत्रिएका बिद्यार्थीलाई गोली हानेर हत्या गरिएको भन्दै उनीहरुविरुद्ध मानवताविरुद्धको अपराधको जाहेरी परेको थियो।
त्यस्तै, बालेन र सुदनविरुद्ध एमाले तथा नेपाली कांग्रेसका कार्यकर्ताले जाहेरी दिएका थिए। प्रहरी स्रोतका अनुसार तत्कालका लागि दुवै जाहेरीउपर अनुसन्धान अघि बढ्नेछैन ।
अनेरास्ववियुले देशैभरी जाहेरी दिने अभियान चलाएको छ।





