प्रधानमन्त्री सुशीला कार्कीलाई पक्राउ गरी छानविन थाल्न प्रहरीमा निवेदन 

जेनजी आन्दोलनका क्रममा पक्राउ समेत परेका एक जना अगुवा रवि किरण हमालले प्रधानमन्त्री सुशीला कार्कीलाई पक्राउ गरी निष्पक्ष छानविन थाल्न प्रहरी महानिरीक्षकलाई निवेदन दिएका छन् ।

राप्रपानिकट भनेर आन्दोलनका बेला विवादमा समेत परेका हमालले प्रधानमन्त्रीविरुद्ध दिएको निवेदन आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

हमालले प्रधानमन्त्री कार्कीमाथि जेनजी विद्रोहका क्रममा शहीद भएका युवाको रगतमाथि सत्ता कु गरेको र असंवैधानिक तरिकाले सत्ता कब्जा गरेको आरोप लगाएका छन् ।

हमालले कार्की नेतृत्वको सरकारमा रहेका व्यक्तिहरू पनि देशविरुद्ध गतिविधि गरेका र राज्यका विभिन्न निकायमा छानविनको क्रममा रहेका पात्रहरू रहेको आरोप लगाएका छन् । उनले जेनजी आन्दोलनमा आएर कार्कीले प्रायोजितरुपमा आमहत्या भएको भन्दै आन्दोलनकारीलाई उक्साएर द्वन्द्वमा लगेको आरोप लगाएका छन् ।

निर्दोष युवाको हत्या र दमनमा संलग्न व्यक्तिहरूलाई कार्कीले प्रोत्साहन गरेर निर्वाचनका नाममा तीनै व्यक्तिहरूलाई बोलाएर वार्ता गरेको भन्दै उनलाई पक्राउ गरेर छानविन गर्न माग गरेका छन् ।

11 3