आज महासचिव छान्दै नेकपा एस

madhav nepal yes

काठमाडौं, ७ असोज – नेकपा (एकीकृत समाजवादी)ले आज बिहीबार महासचिव चयन गर्दैछ । मंगलबारबाट जारी केन्द्रीय कमिटी बैठकले पार्टीको संरचना र अन्य पदाधिकारी टुंग्याउन अघि नै महासचिव चयन गर्ने तयारी रहेको नेकपा एसका प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले जानकारी दिए ।

नेताहरूका अनुसार महासचिवका लागि वेदुराम भुसाल, राजेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, गंगालाल तुलाधार, प्रकाश ज्वाला र विजय पौडेललगायत नेताहरूले दाबी गरेका छन् । तीमध्ये भुसाल, पाण्डे र पौडेलको दाबी सशक्त रहेको नेकपा एसका नेताहरूले बताएका छन् ।

बुधबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रस्ताव सुझावसहित पारित गरिसकेको छ ।

समन्धित समाचार