११ औँ महाधिवेशन मंसिर २७ गतेदेखि पोखरामा गर्ने एमालेको निर्णय

 नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ।

केन्द्रीय कमिटी बैठकले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको हो। केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेस गरेका थिए। बैठकले अध्यक्ष ओलीको प्रतिवेदन सुझावसहित सर्वसम्मतले  पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बताए।