जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । ढुंगानाले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका हुन् ।
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने उनले बताएका छन् ।
सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै उनले पार्टी गठन वार्ता समिति गठन भएको जानकारी गराएका छन् ।





