राष्ट्रपति र ‘जेन–जी’ आन्दोलनका प्रतिनिधिहरू आज भेटवार्ता हुदै

 ‘जेन–जी’ आन्दोलनका प्रतिनिधिहरूले आज (सोमबार) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दैछन्। 

अन्तरिम सरकारमा मन्त्रीमण्डल विस्तारको विषय र जेन–जी समूहले राखेका मागहरू पूरा हुन नसकेको बारेमा राष्ट्रपति पौडेलसँग छलफल हुने कार्यक्रम रहेको छ।

गत शनिबार राष्ट्रपति पौडेलसँग वार्ता गर्ने कार्यक्रम तय भएको भए पनि उनी बिरामी परेकाले वार्ता हुन सकेको थिएन। 

सो वार्ता आजका लागि सारिएको हो। जेन–जी प्रतिनिधिहरूसँगको यो छलफल राष्ट्रपति भवन शीतल निवासमा हुने बताइएको छ।