तीन दलका प्रमुख नेताहरूलाई विदाई गरौँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी र देशको सम्वाद वातावरण सुधार्न तीन दलका प्रमुख नेताहरूसँग विदाई गर्न आह्वान गर्नुभएको छ।

थापाले आज भिडियो सन्देश जारी गर्दै शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्ला १० वर्षदेखि चलिरहेको “म्युजिकल चेयर” प्रक्रियालाई उल्लेख गर्दै नयाँ सम्वादको वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।

उहाँले २०८२ साल भदौ २५ गतेपछि र भदौ २२ गतेअघिको नेपाल एउटै नभएको टिप्पणी गनुृभयो। सभापति देउवालाई यत्रो पर्दाखेरि इम्पेथी नराखेको भन्दै पार्टीका केही सदस्यहरूले उठाएको प्रश्नप्रति थापाले इम्पेथी राखेको स्वीकार गर्नुभयो ।

थापाले आफू र महामन्त्री विश्वप्रकाश शर्माले भदौ २५ गते सभापति देउवामाथि भएको आक्रमणको भत्र्सना गर्दै वक्तव्य जारी गरेको स्मरण गराउँदै भन्नुभयो “हामी कसैमाथि पनि हुने भौतिक आक्रमणलाई अस्वीकार गर्ने व्यक्तिहरूमध्ये पर्छौं।”

उहाँले सम्वाद, सहकार्य र संवैधानिक प्रक्रियामार्फत् देशको राजनीतिक स्थिरता कायम गर्न सबै दलका नेताहरूलाई जोड दिनुभयो ।