अध्यक्ष केपी शर्मा ओली बिरामी परेपछि स्थगित भएका नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।
आइतबार बिहान ११ बजेदेखि बैठक सुरु हुने एमालेले जनाएको छ।
भक्तपुरको गुन्डुस्थित ओली निवासमा गएको शुक्रबारदेखि एमाले सचिवालय बैठक सुरु भएको हो। शनिबार पनि बैठक निरन्तर जारी रहने तालिका भए पनि अचानक अध्यक्ष ओली बिरामी भएको खबर आएपछि बैठकमा सहभागीताको लागि जाँदै गरेका नेताहरू बाटैबाट फर्किएका थिए।
शुक्रबारको सचिवालय बैठकमा बहुमत सदस्यले ओलीलाई नेतृत्व त्याग्न सुझाव दिएका थिए। बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे पनि सविस्तार समीक्षा गरिएको थियो।





