राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रीसहित जेनजी युवाहरुबीचको छलफल सोमबार मात्रै हुने भएको छ ।
शनिबार छलफलका लागि तयारी भएपनि राष्ट्रपतिको स्वास्थ्य अवस्थाका कारण सोमबारका लागि छलफल सारिएको हो । त्यसअघि केहि जेनजी युवाहरु शनिबार नै छलफलका लागि शितल निवास पुगेका थिए ।
तर अरु जेनजी युवाहरुले भने आफ्ना निकटसंग मात्रै छलफल गर्न खोजेको भन्दै शितल निवास बाहिर विरोध जनाएका थिए । असन्तुष्ट युवाहरुले शितल निवासको गेटमा भित्रबाट आएको नाम हेर्न पाउनुपर्ने भन्दै विरोध गरेका हुन् ।
छलफलका लागि सरकारले छानेको सूचीमा आफुहरुको असहमति रहेको उनीहरुले जनाएका छन् । उनीहरुले निशंकुश तरिकाले आफु निकट जेनजी युवाहरुलाई मात्रै काखी च्याप्ने काम भएको गुनासो गरेका छन् ।
सोमबार हुने छलफलका लागि राष्ट्रपति पौडेलसँग छलफल गर्नका लागि जेन–जी अगुवाहरु सुदन गुरुङ, मिराज ढुंगाना, प्रवेश दाहाल लगाएत २० जनाको नाम सिफारिस भएको छ ।





