कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक भोलि पनि बस्ने

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक भोलि पनि बस्ने भएको छ। आजको बैठकमा सबै पदाधिकारी र पूर्वपदाधिकारीले बोल्नेक्रम नसकिएकोले भोलि पनि बैठक बस्ने भएको हो।  

प्रवक्ता प्रकाशशरण महतले भने, ‘आज सबै पदाधिकारी र पदाधिकारीले धारणा राख्न समय पुगेन। भोलि पनि बैठब बस्छ।’  

भोलि पनि दिउँसो १ बजे नै बैठक बस्ने उनको भनाइ छ।  
बैठकमा नेताहरुले पछिल्लो देशको राजनीतिक परिवेश र पार्टी केन्द्रित भएर धारणा राखेको उनको भनाइ छ।  

‘मुलभूत रुपमा अहिले जुन परिवेश छ, जुन किसिमको घटनाक्रम देशमा भएको छ। यसले जुन चुनौती हाम्रोसामु खडा गरेको छ,’ उनले भने, ‘यो परिस्थितिबाट कसरी अगाडि बढ्ने र एउटा आत्मविश्वास, सकारात्मक परिस्थिति कसरी विकास गर्ने रु लोकतान्त्रिक मूल्यमान्यता र समग्र देशलाई कमजोर हुनबाट कसरी जोगाउने भन्नेबारे कुरा राखिएको छ।’  

यो पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्नेछ।