मन्त्रिपरिषद् बैठक जारी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक केही समयअघि सुरु भएको हो ।

बैठकअघि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखहरूसँग सुरक्षा अवस्थाबारे छलफल गरेका थिए । हालसम्म बैठकका एजेन्डाबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।