देउवा पार्टीकाे पदाधिकारी बैठकमा सहभागी नहुने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीकाे पदाधिकारी बैठकमा सहभागी नहुनेहुनु भएकाे छ।

सभापति देउवा बैठकमा सहभागी नहुने भएपछि उपसभापति पूर्णबहादुर खड्काले साेही बैठक सञ्चालन गर्नुहुने भएकाे हाे । बिहीबार दिउँसो १ बजेका लागि कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ।

गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि पहिलो पटक सभापति देउवा पार्टी बैठकमा सहभागी हुने भनिएको थियो । तर उहाँकाे स्वकीय सचिवालयले बैठकमा सभापति देउवा सहभागी नहुने जनाएकाे छ ।