तत्कालिन ओली सरकारले नियुक्त गरेका सबै देशका राजदुतलाई देउवा सरकारले फिर्ता बोलायो, आफ्नी सासुलाई पनि छाडेनन् देउवाले

sher cabinateee

काठमाडौं । तत्कालिन केपी ओली सरकारको समय नियुक्त गरिएको सबै देशका राजदुतलाई सरकारले फिर्ता बोलाएको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएको जानकारी अनुसार सरकारको यो निणर्यसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्ता भएका छन् ।

हाल भारतमा निलाम्बर आचार्य, अमेरिकामा डा। युवराज खतिवडा, चीनमा महेन्द्रबहादुर पाण्डे, बेलायतमा लोकदर्शन रेग्मी र जापानमा प्रतिभा राणा राजदूत छन् । राणा प्रधानमन्त्री शेरबहादुर देउवाकी सासु हुन् । बैठकले परराष्ट्र मन्त्रालयका कर्मचारीबाहेक सबै राजदुतलाई फिर्ता बोलाएको हो ।

समन्धित समाचार