वर्षाका कारण भएको क्षतिप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षाका कारण इलामलगायतका स्थानमा भएको विपद् र जनधनको क्षतिप्रति दुःख  व्यक्त गरेकी छिन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत उनले यस कठिन घडीमा, दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेकी हुन्। उनले राहत र उद्धारमा अहोरात्र खटिनुहुने सबैप्रति उच्च कदर गरेकी छिन् ।

“विपत्तिको सामना गर्ने क्रममा नेपाली जनताले देखाएको धैर्य र सहयोग सराहनीय छ, जसका लागि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु, साथै प्रभावित क्षेत्रमा राहत वितरण जारी रहेको जानकारी गराउँदछु”, प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छिन् ।