ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ भारत भ्रमण स्वीकृत भएको छ ।
आईतबार बसेको मन्त्रिपरिषद् बैठकले भारतको नयाँदिल्लीमा आगामी कात्तिक १०–१३ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं बैठकमा ऊर्जामन्त्री घिसिङलाई पठाउने निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं बैठकमा ऊर्जामन्त्री घिसिङलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।
यससँगै नयाँ सरकार गठन भएपछि उनको पहिलो भ्रमण भारतबाट हुने भएको छ ।