शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको स्वास्थ्यस्थिति र उपचारको अवस्थाबारे जानकारी लिनुभएको छ ।
गत भदौ २३ र २४ गते जेनजी समूहको आह्वामा भएको आन्दोलनमा घाइते भएकाहरु विभिन्न अस्पतालमा उपचाररत छन् । सरकारले घाइतेहरुको निःशुल्क उपचार गर्न गरेको निर्णय कार्यान्वयनमा आएको जानकारी उहाँले घाइतेलाईं दिनुभयो ।
साथै उहाँले उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्री पुनको निजी सचिवालयले जनाएको छ ।
◾ थप सामग्री : https://ehimalayatimes.com/2025/09/381649/?utm_source=nepalipatro&utm_medium=np_mobile&utm_campaign=np_news