नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हल्लाबाजहरूलाई देश छोड्न नसकिने स्पष्ट पारेका छन्।
शनिवार भक्तपुरस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सरकारले विभिन्न प्रकारका हल्ला गरिरहेको बताएका हुन्। पासपोर्ट रोक्ने भन्ने भ्रम फैल्याइएको भन्दै हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर विदेश नभाग्ने स्पष्ट पारे ।
देश सबै नेपालीहरू मिलेर बनाउनुपर्ने भन्दै देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा ल्याएरै छोड्ने पतिवद्धता जनाए । देशलाई फेरि पनि सुशासन, शान्ति सुव्यवस्थामामा ल्याउने उद्घोष गरे । केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर हमला गर्न जाउँ भन्ने गरिएको भन्दै सरकार सुरक्षा दिनका लागि बसेको हो की होइन भन्दै प्रश्न गरे ।
अध्यक्ष ओलीले सरकार यिनीहरूमाथि मुद्दा चलाउँछु, पासपोर्ट रोक्छु लगायतका कुराहरू गरेर धाक लगाइरहेको बताए । सरकारका कर्तव्यहरू केही हुन्छन् की हुँदैनन् भन्दै प्रश्न गरे । सरकारमा हुनेहरूले सुरक्षा दिनुपर्छ की पर्दैन भन्दै प्रश्न गरे ।