शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकलाई पारिश्रमिक नदिने विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत मन्त्री पुनले दसैँ–तिहार नजिकिँदा तलब नपाएको गुनासो शिक्षकहरूबाट आएको भन्दै आइतबार (असोज १२ गते) भित्र तलब उपलब्ध नगराए कारबाही गरिने चेतावनी दिएका हुन्।
उनका अनुसार शिक्षा मन्त्रालयले तलब पहिले नै विद्यालयमा पठाइसकेको छ। तर प्रधानाध्यापक वा विद्यालय व्यवस्थापन समितिले अन्यायपूर्ण तरिकाले रोकेको भए तत्काल निकासा गर्नुपर्ने उनले स्पष्ट पारेका छन्। https://nepalnews.com/2025/09/27/action-will-be-taken-against-principals-who-do-not-pay-teachers-salaries-minister-pun/?utm_source=nepalipatro&utm_medium=np_mobile&utm_campaign=np_news