नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति भङ्ग, मङ्सिरमा विशेष महाधिवेशन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो केन्द्रीय समिति भङ्ग गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।

शुक्रबार काठमाडौँको प्रज्ञा भवन, कमलादीमा सम्पन्न केन्द्रीय समितिको बैठकले यो महत्त्वपूर्ण निर्णय गरेको हो।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा विशेष महाधिवेशन आयोजना गर्ने, वर्तमान पदाधिकारीहरूलाई आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने र पार्टीभित्रका नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्ने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

प्रवक्ता सापकोटाले भने, “पार्टीले सम्पत्ति छानबिनको प्रक्रिया पहिला पदाधिकारीहरूबाट सुरु गर्ने निर्णय गरेको छ।