नेपाल कम्युनिस्ट पार्टी (नेकपा (माओवादी केन्द्र)) को केन्द्रीय समितिको बैठक आज (शुक्रबार) पनि जारी छ र आजै सम्पन्न हुने बताइएको छ। काठमाडौंको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ।
बिहीबार अध्यक्ष पुष्पकमल दाहालले बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। केन्द्रीय सदस्यहरूले सोही प्रतिवेदनका साथै समसामयिक राजनीतिक विषयवस्तुमाथि पनि आफ्ना विचारहरू राखिरहेका छन्।
आज अध्यक्ष दाहालले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने र राजनीतिक प्रतिवेदनलाई पारित गरी बैठकलाई टुङ्ग्याउने कार्यक्रम रहेको बताइएको छ।





