काठमाडौँ उपत्यकाका नदीहरूमा बाढी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ उपत्यका आसपासका नदीहरूमा बाढी आएको छ । बुधवार दिउँसोदेखिको अविरल वर्षापछि उपत्यकाका अधिकांश नदीहरूमा बाढी आएको हो ।

बागमती, धोविखोला, बल्खु खोला, विष्णुमती लगायतका नदिहरुमा बाढी आएको छ । वर्षा निरन्तर रहे बुधवार साँझसम्म जल सतह पार गर्ने भन्दै आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह छ ।

जलवायु परिवर्तनको कारण जलचक्रिय प्रणालीमा आएको असरको कारण असोजमा अत्यधिक पछिल्ला वर्षहरूमा असोजमा अत्यधिक वर्षा हुने गरेको छ । गत वर्षको ११ र १२  असोजमा आएको बाढीको कारण ठुलो जनधनको क्षति भएको थियो ।