‘नेपाल नागरिक पार्टी’ खोल्दै डाक्टर सुरेन्द्र भण्डारी

भ्रष्टाचारविरुद्ध ‘नेपालका लागि नेपाली’ अभियान चलाएका वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीले नयाँ पार्टी खोल्ने भएका छन् ।

भण्डारीको नेतृत्वमा ‘नेपाल नागरिक पार्टी’ दर्ताका लागि बिहीबार निर्वाचन आयोगमा निवेदन दिने तयारी रहेको छ । डाक्टर भण्डारीका अनुसार पार्टीमा ४१ देखि ५१ सदस्य केन्द्रीय समिति रहनेछन् ।

पार्टीमा अमृत खरेल, डा. दमनध्वज साउद, लेलिन विष्ट, डा. कमल किरण कटुवाल, डा. महेन्द्रजंग शाह, नुर मोहम्मद मिया, डा. सञ्जय खतिवडा, डा. राजेन्द्रप्रसाद न्यौपाने, राजेश काफ्लेलगायत रहने उनले जानकारी दिए ।