हालै भएको स्वास्थ्य सचिवको बढुवामा रोकिएकी स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्र स्वास्थ्य मन्त्री बन्ने भएकी छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रीमा संगीतालाई रोजेको उच्च स्रोतले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले डा. संगीतालाई रोकेर डा. विकास देवकोटालाई सचिवमा बढुवा गरेको थियो । त्यसयता संगीता असन्तुष्ट भएर बिदामा बस्दै आएकी थिइन् । मन्त्री बन्नलाई उनले राजीनामा दिइसकेको जनाइएको छ ।
उनी यौन तथा प्रजनन् स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् । उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व गरिसकेकी छन् ।