राष्ट्रपतिसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३५औँ वार्षिक प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

आयोगका प्रमुख आयुक्त राईले संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष गरेको राष्ट्रपति कार्यालय प्रवक्ता प्रदीप कुमार कोइरालाले जनाएका छन्।