जेनजीको प्रदर्शनमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए : केपी शर्मा ओली

नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता जेनजीको प्रदर्शनमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको बताएका छन् ।

शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ओलीले भनेका छन्, ‘गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो– आह्वानकर्ताले भनेझैँ । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो ।

सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन ।’ ओलीले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्ने बताए ।

‘प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु ।’ अध्यक्ष ओलीले भने ।

10