जेनजीको एक समूहले संविधान दिवसको अवसरमा काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको छ ।
प्रदर्शनका क्रममा नेपालका संविधान २०७२ को रक्षार्थ आवाज उठाउने उद्देश्य रहेको समूहका एक सदस्यले बताएका छन् ।
उनका अनुसार, प्रदर्शनको मुख्य उद्देश्य मुलुकको निकास संविधानबाटै खोज्नु हो । मुलुकको भविष्य यस संविधानमा नै सुरक्षित रहेको भन्दै शान्तिपूर्ण प्रदर्शन गर्ने उनले बताए ।
जेनजीले वर्तमान अन्तरिम सरकारले संविधान अनुसार निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन पनि माग गर्नेछन् । प्रदर्शन असोज ३ गते भोली बिहान ११ बजे माइतीघर मण्डलामा हुनेछ ।





