सैनिक ब्यारेकबाट बाहिरिए केपी ओली

नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन्। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ओली ब्यारेकबाट बाहिर आएको पुष्टि गरेका छन्।

जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाले सुरक्षाका लागि ओलीलाई नियन्त्रणमा लिएको थियो। गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली हाल भक्तपुरको गुण्डुमा सरेका छन्। सुरक्षा स्रोतका अनुसार, उनको लागि गुण्डुमा भाडाको घर व्यवस्थापन गरिएको छ।

बालकोटस्थित ओलीको घर प्रदर्शनकारीले जलाइदिएपछि क्षतिग्रस्त भएको थियो। सोही कारण उनलाई गुण्डुमा स्थानान्तरण गरिएको हो। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले ओलीको लागि उक्त घरको व्यवस्थापन गरेका हुन्। बस्नेतले ओलीलाई भव्य कार्यक्रममार्फत सार्वजनिक गर्ने योजना रहेको सार्वजनिक वक्तव्यमा उल्लेख गरेका छन्।