प्रधानमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् विस्तारको तीव्र तयारी, बालुवाटारमा छलफल

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको प्रक्रिया तीव्र पारेकी छिन् । उनले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी स्वरूप आज बालुवाटारमा आफ्ना नजिकका मन्त्री र मुख्यसचिवसँग गहन छलफल गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले हालसम्म ३ जना मन्त्रीसहित मन्त्रिपरिषद् सञ्चालन गरिरहेकी छन् । आजको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र सरकारका मुख्यसचिवको उपस्थिति रहेको बालुवाटार स्रोतले जनाएको छ।

‘प्रधानमन्त्री र मन्त्रीबीच छलफल जारी छ,’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषद्मा समावेश हुने व्यक्तिहरूको नामबारे छलफल भइरहेको छ । आजै नभए पनि भोलिसम्म मन्त्रिपरिषद् विस्तारको सम्भावना उच्च छ ।’