पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन सत्ताधारीहरूको दम्भ र अहंकारका कारण जेनजी आन्दोलनको अवस्था सिर्जना भएको बताएका छन्। उनले जेनजीहरूको जायज मागलाई समयमै सम्बोधन नगर्दा दर्जनौं युवाले शहादत प्राप्त गर्नुपरेको र मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको विज्ञप्ती जारी गरेका छन्।
यो आन्दोलन लोकतान्त्रिक गणतन्त्रपछि जनताको चाहनाअनुरूप पारदर्शी र जनउत्तरदायी शासन नहुँदा उत्पन्न निराशा र आक्रोशको परिणाम भएको उनको भनाइ छ। नेपालले भ्रष्टाचार, कुशासन, बेरोजगारी, युवा पलायन र आर्थिक,सामाजिक रूपान्तरण प्रतिको उदासीनताले यो अवस्था आएको बुधवार जारी विज्ञप्तीमा उल्लेख छ।
उनले अन्तरिम सरकार गठन र निर्वाचन मिति घोषणालाई सकारात्मक कदम ठान्दै भ्रष्टाचार अन्त्य,सुशासन,रोजगारी सिर्जना र युवालाई मुलुकमै अवसर प्रदान गर्न सकेमात्र शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरे ।





