नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका लागि नयाँ र भव्य कार्यालय भवन निर्माण गर्ने घोषणा गरेका छन् ।
जेन्जी आन्दोलनका क्रममा पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आगजनी भएपछि प्रचण्डले पार्टी पङ्क्तिभित्र तथा देश–विदेशमा रहेका सबै सदस्य र समर्थकको सहयोगमा फेरि आधुनिक र भव्य भवन बनाउन लागिएको बताएका छन् ।
मंगलबार दिउँसो क्षतिग्रस्त कार्यालयको अवलोकन गर्न पेरिसडाँडा पुगेका प्रचण्डले भने, ‘अब सिङ्गो पार्टी पङ्क्तिको योगदान र सहयोगमा नयाँ कार्यालय भवन निर्माण गरिनेछ ।’





