टुक्रे आयोजना खारेज गर्ने अर्थमन्त्री रामेश्वर खनालको पहिलो निर्णय

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले आज पदभार ग्रहण गरेका छन् । शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै मन्त्री खनालले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

अर्थको जिम्मेवारी सम्हालेपछि मन्त्री खनालले आयोजनाको प्राथमिकतामा नपरेका टुक्रे आयोजान खारेज गर्ने पहिलो निर्णय गरेका छन् । मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका हुन् । उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले उनीसहित तीन जनालाई आज मन्त्री नियुक्त गरेकी थिइन् । आजै राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका थिए ।

खनाललाई अर्थको अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी तोकिएको छ ।