ओमप्रकाश अर्याललाई दुई वटा मन्त्रालयको जिम्मेवारी

नवनियुक्त मन्त्री ओमप्रकाश अर्याललाई दुई वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

नवनियुक्त मन्त्रीहरू कुलमान घिसिङ ऊर्जा, भौतिक योजान र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रामेश्वर खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ ।