नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ शिक्षण अस्पताल पुगेका छन् । शपथ ग्रहण लगत्तै उनी राष्ट्रपति भवन सितलनिवासबाट सीदै महाराजगन्ज पुगेका हुन् । पदभार ग्रहण नगरी उनी शिक्षण अस्पताल महाराजगन्ज पुगेका हुन्।
उनी उनी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको परिवारलाई भेट्न त्यहाँ गएका हुन्। यस भेटघाटका क्रममा उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।





