नव नियुक्त अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीको रूपमा कुनै पनि तलब, भत्ता वा सरकारी सुविधा नलिने भएका छन् ।
पूर्वअर्थसचिव खनाललाई प्रधानमन्त्री सुशीला कार्कीले अर्थमन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी छन् । आज बिहान ११ बजे नवनियुक्त मन्त्रीहरूको सपथग्रहण समारोह हुने तयारी भइरहेको छ।
स्रोतका अनुसार उनले मन्त्रीको रूपमा पाइने तलब, मन्त्री क्वार्टर, सवारी साधनलगायत कुनै पनि सरकारी सुविधा नलिने निर्णय गरेका छन्।
स्रोतले भन्यो“उहाँले देश र जनताको सेवालाई प्राथमिकता दिँदै कुनै पनि व्यक्तिगत सुविधा नलिने अडान लिनुभएको छ,यसअघि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको आर्थिक सल्लाहकार हुँदा पनि उहाँले कुनै सुविधा नलिई काम गर्नुभएको थियो।”





