नयाँ मन्त्रीमण्डलको छनोट पनि भोटिङ प्रक्रियाबाटै हुने भएको छ । जेन–जी आन्दोलनका अगुवा सुदन गरुङले भोटिङ प्रक्रियाको तयारी थालिएको छ ।
प्रधानमन्त्रीका रूपमा जेन–जी समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गर्नुअघि सामाजिक सञ्जाल डिस्कर्डमा ‘भर्चुअल’ मतदान बाटै छानेका थिए । त्यसमा ५० प्रतिशत मत कार्कीका पक्षमा परेको थियो । डिस्कर्डको ‘भर्चुअल’ मतदान एक्स र फेसबुकमा गरिने पोल जस्तै हुन्छ ।
जेन–जी आन्दोलनलगत्तै कसरी अघि बढ्ने र कस्तो सरकार बनाउने भन्नेलगायतका विषयमा डिस्कर्डको ‘युथ अगेन्स्ट करप्सन’ समूह बनाएर छलफल गरेका थिए ।
बुधबार एक समय उक्त छलफलमा एकैपटक १० हजारभन्दा बढी सहभागी थिए । त्यसको प्रत्यक्ष प्रसारण युट्युब, फेसबुक र विभिन्न सञ्चारमाध्यमले गरेका थिए । ‘
डिस्कर्ड’ छलफलमा जेन–जीहरूले सहभागीबाट पालैपालो सुझाव लिने, कमेन्ट र प्रश्नको जवाफ दिने र पछिल्ला अपडेट सुनाउने अभ्यास गरेका थिए ।





