जेन जीका प्रतिनिधिले मेडिकल व्यवसायी दुर्गा प्रसाईं कुनै पनि हालतमा आफूहरुकाे ‘स्टेकहोल्डर’ नभएको बताएका छन् ।
डिस्कोर्डमा करिब १० हजारको संख्यामा भइरहेको छलफलमा जेन जीका प्रतिनिधिहरुले यस्ताे बताएका हुन् । उनीहरुले भनेका छन्, ‘हाम्रो लागि कुनै पनि हालतमा दुर्गा प्रसाईंजस्ता व्यक्ति स्टेकहोल्डर होइनन् ।’
त्यस्तै, छलफलमा राजतन्त्र कि गणतन्त्र भन्ने पनि बहस भयाे । धेरैले राजतन्त्र स्वीकार नगर्ने बताएका छन् ।





