सेयर बजार आज बुधबार र भोलि बिहीबार पनि बन्द रहने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज एक सूचना गर्दै आज र भोलि दुवै दिन बजार बन्द रहने जानकारी गराएको हो। हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट समेत कारोबार स्थगत गर्न अनरोध भएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ बमोजिम यी दुई दिन सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको सूचनामा उल्लेख गरिएको छ।
जेनजी आन्दोलनका कारण सेयर बजार हिजो मंगलबार पनि बन्द रहेको थियो। या साताको अन्तिम दिन बिहीबारसम्म बन्द रहने बजार परिस्थिति अनुकूल बनेमा आउँदो आइतबारबाट खुल्नेछ।





