जेनजी आन्दोलनले राष्ट्रियसभा बैठक प्रभावित, सूचना टाँसेर स्थगित

 सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कार्फ्यु आदेश जारी भएपछि राष्ट्रियसभा बैठक भदौ २५ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

संघीय संसद् सचिवालयले सूचना जारी गर्दै सोमबार सवा एक बजेका लागि बोलाइएको बैठक बुधबार अपरान्ह सार्व एक बजेका लागि सारिएको हो । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा बैठक बन्दको कारणमा ‘विशेष कारणबस लेखिएको छ ।