सामाजिक सञ्जाल बन्द हुने एमाले महासचिव पोखरेलको संकेत

 नेकपा एमालेका महासचिव शंकर पोखरेलले दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द हुने संकेत गरेका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले यस्तो संकेत गरेका हुन्।

‘सामाजिक सञ्जाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँ’, उनले केहीबेरअघि सामाजिक सञ्जालमा लेखेका छन्।

सरकारले फेसबुकलगायत सामाजिक सञ्जाललाई दर्ता हुने दिएको समय बुधबार राति १२ बजे सकिएको छ।