संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन भदौ २० मा

संसदीय सुनुवाइ समितिको सभापति पदमा भदौ २० गते शुक्रबार निर्वाचन हुने भएको छ। निर्वाचनबारे बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूलाई जानकारी गराइएको छ। 

राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बन्न न्यौपानेले भदौ १० गते सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी थिइन्। उनले राजीनामा दिएसँगै सुनुवाइ समितिमा रिक्त पदमा चुनाव हुन लागेको हो।   

संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्था हटाउन चलखेल गरेको आरोप लागेपछि बनेको छानबिन समितिले सुशासन समितिका तत्कालीन सभापति रामहरि खतिवडा नैतिक जिम्मेवार ठहर गरेको थियो। त्यसपछि उनले पदबाट राजीनामा दिएका थिए।