प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति चङबीच भेटवार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबीच भेटवार्ता भएको छ।

मंगलबार बेइजिङको सरकारी अतिथि गृह स्टेट गेस्ट हाउसमा द्वीपक्षीय भेटवार्ता भएको हो।प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेनलमा सभागी भएर तिन्जियानबाट आजै बेइजिङ पुगेका थिए। बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनले आयोजना गर्न लागेको सैन्य परेड समेत अवलोकन गर्ने छन्।