प्रधानमन्त्री ओलीद्वारा शाङ्घाइ शिखर सम्मेलनमा सम्बोधन

76 1

 प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनको थियानजिनमा आयोजित शाङ्घाइ सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन्।

सम्बोधनका क्रममा उहाँले नेपालको हित, द्विपक्षीय सम्बन्ध र अन्तरराष्ट्रिय मुद्दामा नेपालको धारणा स्पष्ट पारेका छन्।

थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको सम्मेलनमा सहभागी राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूले आ–आफ्ना मन्तव्य राखेका छन्। प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा रहेका छन्।

यात्राको सिलसिलामा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरूसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए ।