प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने भएका छन् । भिजिट भिसाको दुरुपयोग प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै दुई दलले संसदमा गर्दै आएको अवरोध आज पनि जारी राख्ने जनाएका छन् ।
रास्वपाका प्रवक्ता मनिष झाले प्रधानमन्त्रीलाई बोल्न दिने भन्ने समाचार निराधार रहेको स्पष्ट पारेका छन् । उनले भने, ‘हाम्रो अवरोध निरन्तर छ, र आज पनि रहन्छ। हाम्रो मागको सम्बोधन नभएकाले प्रधानमन्त्रीको सम्बोधन सुनेर बस्दैनौं ।’
त्यस्तै, राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पनि संसद बहिष्कारको निर्णय यथावत रहेको जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीको सम्बोधनका विषयमा कुनै नयाँ निर्णय भएको छैन । बहिष्कार जारी रहन्छ ।’





