निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेश सभा–२ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने जनाएको छ ।
सर्वोच्च अदालतले निर्वाचित सांसद दीपक मनाङे (राजीव गुरुङ)को पदमुक्तसम्बन्धी फैसलाको पूर्णपाठ ढिलाइ हुँदा आयोग अन्योलमा परेको थियो । त्यसै कारण रुपन्देही–३ को उपनिर्वाचन मिति तोके पनि मनाङको मिति तोकिएको थिएन ।
अब पूर्णपाठ सार्वजनिक भएपछि आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनाङ–२ मा पनि रुपन्देही–३ सँगै कात्तिक १७ मै निर्वाचन हुने स्पष्ट पारे । उनका अनुसार दल दर्ता लगायतका प्रक्रिया छोट्याएर अघि बढाइनेछ ।
यसअघि आयोगले रुपन्देही–३ का लागि दल दर्ता र निर्वाचन चिह्न प्रदान गरिसकेको छ ।





