प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ ।
निर्वाचन हुनु भन्दा ४८ घण्टा अगाडि निर्वाचन तालिका सार्वजनिक गर्नुपर्ने व्यवस्था अुसार सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
निजामती सेवा विधेयकको कुलिङ पिरियडको गडबडीमा यसअघिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।





