अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय सरकारमा रहेका मन्त्री हेरफेरको निर्णय गरेको छ ।
जसपाले सरकारमा मन्त्री रहेका प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाउने र डा.वीरेन्द्र महतो र रञ्जु झालाई पठाउने निर्णय गरेको हो ।
सरकारमा जसपाबाट मन्त्री रहेका दुवै जनाले भदौ ११ गतेभित्र राजीनामा दिने र नाम सिफारिस भएका दुई जना नयाँ मन्त्री सरकारमा सहभागी हुने पार्टीका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए ।
उनका अनुसार मन्त्री फेरबदलको निर्णय प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकिएको छ ।
सो पार्टीले केपी ओली नेतृत्वको सरकारमा प्रदीप र नवलकिशोरलाई एक वर्षका लागि पठाएको थियो । उनीहरू एक वर्षभन्दा बढी सरकारमा रहिसकेका छन् ।





