पराष्ट्रपति रामसहायप्रसाद भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा नेपाल र भियतनामको कूटनीतिक सम्बन्ध र आदानप्रधानका विषयमा छलफल भएको छ। उपराष्ट्रपतिसँगको भेटमा भियतनामको प्रतिनिधिमण्डल सहभागी थियो ।
सुआन नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी हुन् । सुआनले यसअघि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटवार्ता सकेकी छन्।





