नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छन् ।
उनले राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठुला दलहरू लागिरहेको आरोप लगाए ।विशेषतः नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहनुभएका सापकोटाको आरोप छ ।
उपसभामुख इन्दिरा रानालाई हटाउने खेल त्यसकै एउटा उदाहरण भएको सापकोटाले बताए । उपसभामुखबाट रानालाई हटाउने कुरा प्रतिशोधपूर्ण र बदनियत पूर्ण रहेको उनको जिकिर ।





