प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै सर्वोच्चमा परकेो रिटमाथि सुनुवाइ आज हुँदैछ।
साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनैपर्ने संविधानको व्यवस्था प्रधानमन्त्रीले उल्लंघन गरेको आरोप लगाउँदै अधिवक्ता वीरेन्द्र केसीले बिहीबार रिट दायर गरेका हुन्। उनको रिटमा आजैका लागि पेसी तोकिएको छ।
रिटमा केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएका छन्। जनता समाजवादी नेपाल र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको सर्मथन फिर्ता लिएका थिए।
सरकार गठन गर्दा राष्ट्रपति कार्यालयमा बुझाएको हस्ताक्षरमा यी दुई दललको नाम नभएको भन्दै उनीहरूले समर्थन फिर्ता लिँदैमा विश्वासको मत लिन नपर्ने तर्क सरकार पक्षको छ।





