लिपुलेक सहमतिबारे माओवादीद्वारा सरकारको धारणा माग

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले लिपुलेक नाकालाई व्यापारका लागि प्रयोग गर्ने भारत-चीनबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै सरकारको धारणा माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भारत र चीनबीच भएको भनिएको सहमतिपछि सरकारको कदमबारे सदनमा जानकारी गराउन माग गरेका हुन्।

यस्तो विषयमा राष्ट्रिय एकतालाई सबल पार्दै नेपालको सार्वभौमिकता र अखण्डताको रक्षा र नेपालको हितको पक्षमा एकजुट हुन पनि उनले आह्वान गरे। पाण्डेले कूटनीतिक तवरबाट यस विषयमा वार्ता अघि बढाउनसमेत आग्रह गरे।